Section 18
निरीक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
: (१) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाको पालन गरे नगरेको सम्बन्धमा जाँचबुझ तथा निरीक्षण गर्न मन्त्रालयले समितिको सिफारिसमा आवश्यक संख्यामा निरीक्षकहरु नियुक्त गर्न वा नेपाल सरकारको सेवामा बहाल रहेका कर्मचारीहरुलाई सम्बन्धित निकायको स्वीकृति लिई निरीक्षक भई काम गर्न तोक्न सक्नेछ ।
(२) निरीक्षकको लागि चाहिने योग्यता तोकिए बमोजिम हुनेछ ।
(३) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाहरुको पालन गरे नगरेको सम्बन्धमा निरीक्षकले तोकिए बमोजिम निरीक्षण तथा जाँचबुझ गरी त्यसको प्रतिवेदन समितिमा पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) मा लेखिए देखि बाहेक निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।